घुम्ने इच्छा त मेरो सानै देखिको हो । तर कक्षा ११ सकिनु अघि, बुबाले पोखरामा एउटा साहित्यक कार्यक्रमको अवसर पारेर घुमाउनु भएको अनुभव बाहेक अरु कुनै घुमघामको अनुभव मसँग थिएन । त्यसपछि घुमघाम गर्ने अवसर खासै मिलेको पनि थिएन । तर त्यस दिन मेरा लागि अति नै अनुकुल भईदियो, जुन दिन क्याम्पस चिफसरले हिँउदे विदाको सुचना एक्कासी टाँस्नु भयो । र यो अवसरको सदुपयोग गर्न मैले बि.एस्.सि.एजी. चौथो सत्त्रान्तमा पढ्ने मेरा समकक्षी मित्रहरुलाई घुम्न जानको लागि प्रस्ताव राखेँ ।
"यो जाडोमा के घुम्न जाने कुरा गरेको ! चुपो लागेर सिरक भित्र गुट्मुटीन छोडेर...!" भनेर साथीहरुले मलाई उडाए । तर मेरो घुम्न जाने इच्छालाई भने मैले मार्न सकिन । मलाई सनक चढ्यो र सोचेँ, "ग्रुपमा घुमघाम त सबैले गर्छन् तर एक्लै भने थोरैले मात्र गर्छन् । म किन एक्लो यात्राको अनुभव नलिउँ -" यसरी सनकको भरमा मैले एक्लै यात्रा गर्ने निर्ण्र्ाागरेँ ।
पहिलो दिन
घुम्न भनेर खाना खाई होस्टलबाट त निस्किइयो । तर कहाँ जाने र के गर्ने भन्ने कुराको कुनै ठोस योजना चित्र मसँग थिएन । नारायणगढमा ओर्लेर, कक्षा १० मा मैले निकै हर्ेर्ने गरेको स्कुल एट्लास पल्टाएर हर्ेन थालेँ । त्यतिकैमा एकजना कन्डक्टर भाइले, "ए दाइ, बुटवल जाने हो-" भनेर सोधे । मैले हो भन्दिएँ । त्यसपछि म त बुटवल जाने भएछु । यसरी सनकको भरमा मेरो एक्लो यात्रा सुरु भयो । यात्राभरी नै मैले साथ पाएँ त केवल फेसबुक चलाउन मिल्ने नोकिया २६२६ र सोनी साइबरसट क्यामराको । यस बाहेक मसँग घरबाट ल्याएको त्यही दुइ हजार, छ सय रुपैयाँ मात्र थियो ।
बसमा मैले मेरो स्कुल एट्लास फेरी पल्टाएर हेरेँ । बुटवलबाट लुम्बिनी र पाल्पा जान सकिँदो रहेछ । लौ म त राम्रै ठाउँ घुम्ने भएछु भनेर मख्ख परेँ । मेरो सिटको छेउमा एकजना मङ्गोल फेस परेकी आमै बस्नु भएको थियो । उहाँले बोक्नु भएको बोराबाट बेलाबेलामा खोस्ल्याक खोस्ल्याक गरेर च्वाँ च्वाँ आवाज आई रहेको थियो । मैले "आमै, के करा'को त्यो-" भनेर सोधेँ । उहाँले "बुङ्गुरको बच्चा" भनेर जवाफ दिनु । बाटैभरी त्यसले बुढीआमैलाई त दुःख दियो दियो, जाने बेलामा फोहोर गरेर हामी यात्रुलाई पनि झन् धेरै दुःख दियो ।
बुटवल उत्रेपछि मैले तुल्सीलाई फोन गरेँ । बुटवलसँग सम्बन्धीत मैले चिनेको ऊ मात्र थियो । मैले उसँग बुटवलका घुम्ने स्थलहरुको बारेमा जानकारी लिएँ । उसले बुटवल फुलबारी र हिलपार्कको नाम लियो ।
त्यसपछि उसले भने जस्तै, एउटा रिक्सालाई बुटवल फुलबारी पुर्याइदिन आग्रह गरेँ । चालिस रुपैँया भाडा लिएर उसले मलाई 'मणिमुकुन्दसेन उद्यान' लेखेको गेटनिर झारीदियो । अलिकता उकालो लागेपछि म एउटा सुन्दर पार्कमा पुगेँ । तुल्सीले भनेको बुटवल फुलबारी त्यही होला भनेर पाँच रुपैँयाको टिकट काटेर भित्र पसेँ ।

772 helping others and being helped.
मणिमुकुन्दसेन उद्यान बुटवलको राम्रो पिकनिक स्पटको रुपमा गनिँदो रहेछ । त्यहाँ हर्ेन लायक कुराहरु प्रसस्तै थिए । एउटा लामो सेतो ढुङ्गामा लखन थापा, दसरथ चन्द, भिमदत्त पन्त, शुक्रराज शास्त्री जस्ता १४ जना महामानवहरुको मर्ुर्ती लस्करै कुँदिएको थियो । यस बाहेक त्यहाँ सानो-तिनो चिडियाखाना पनि रहेछ । स्याल, मयुर, अजिंगर, चितुवा, जरायो, निलगाई, सेतो बाँदर आदी जनावरहरु देख्न पाइयो । मैले सेतो बाँदरको फोटो लिइरहँदा, त्यसले कुनै मोडलले जस्तै विभिन्न पोजहरु दिएर एकछिन त मलाई हँसाएको थियो ।
सुन्दर बगैँचामा आफुलाई घुमाउँदा घुमाउँदै र चिडियाखानाका जनावरहरुसँग भुल्याउँदा भुल्याउँदै ४ बजेछ । त्यसपछि आजको रात कहाँ बिताउने होला भनेर म सोच्न थालेँ । भैरहवाको पक्लिहवा स्थित कृषि क्याम्पसमा मैले चिनेका केही साथीहरु थिए । एक एक गरि सबैलाई फोन गरेँ । तर त्यहाँ पनि जाडो बिदा भएकाले साथीहरु घर गएका रहेछन् । पछि बिनोदले मलाई अर्को साथी जुनताराको नम्बर दियो । उसको नाम जुनतारा भए पनि साथीहरुले छोटकरीमा जेटी भनेर बोलाउँदा रहेछन् । बिदामा घर नगई होस्टलमा बसेका केही साथीहरुमा ऊ पनि परेछ । उनैको निर्देशन अनुसार म बुटवलबाट भैरहवा पुगेँ । जम्मा एक घण्टाको दुरीमा रहेछ यि दर्ुइ ठाउँ । भैरहवा पुग्दा अँध्यारो हुनै आँटेको थियो । साधखोज गर्दै पक्लिहवा क्याम्पस पुग्दा त झमक्कै साँझ परिसकेको थियो । जेटी मलाई गेटमा पर्खिरहेको थियो । निकै आदरका साथ उसले मलाई होस्टल लग्यो । लजमा बस्न नपरेकोले पैसा बच्ने भयो भनेर म पनि दङ्ग नै थिएँ ।
दोश्रो दिन
मेसका कर्मचारीहरु बिदामा घर गएकाले, विद्यार्थीहरु आफैले खाना बनाउनु पर्ने अवस्था थियो । केटाहरु न हुन्, जाडोमा खाना तैँले पकाउने कि मैले हुँदोरहेछ । तिनीहरुको पारा हर्ेदा १२ बजे पनि खाना खान नपाइने स्थिती मैले देखेँ । खाना पकाउन मद्दत गर्ने मन हुँदा हुँदै पनि बाहिरै होटलमा खाई लुम्बिनी जाने निर्ण्र्ाागर्दै त्यस दिन मैले जेटीसँग विदा मागेँ ।
बर्मेली टोलबाट लुम्बिनी जाने गाडी छुट्दो रहेछ । करिब एक घण्टा लगाएर बस लुम्बिनी पुग्यो । बसबाट ओर्लिएर म सिधै गेट अगाडी रहेको लुम्बिनीको नक्सा भएको पाटी तिर लागेँ । मेरो लागि नक्सा नै सम्पर्ुण्ा जानकारीको स्रोत थियो । त्यस्तैमा एकजना मानिसले सोधिहाले, "दाइ, रिक्सा चढ्ने हो -" मलाई रिक्सा चढ्ने खासै इच्छा त थिएन तर पनि भाडा कति हो भनेर सोधिहालेँ । "पुरै लुम्बिनी घुमाएको ३५० मात्र" भन्ने जवाफ पाए पछि पनि एकछिन नक्सा नै हेरिरहेँ । पछि ति रिक्सावालालाई "हुन्छ, हिँड न त" भनेर जवाफ दिएँ । वास्तवमा, मलाई लुम्बिनी घुमाइदिने मान्छे भन्दा पनि फोटो खिचिदिने मान्छेको जरुरत थियो । र मैले चाहेको जस्तै, भख्खर नौ कक्षा पढ्दै गरेको केटोलाई रिक्सा चालकको रुपमा पाएँ । त्यसैले उसलाई फोटो खिच्न सिकाउन मलाई त्यति गाह्रो पनि भएन ।
सन्दीपले मलाई पालैपालो लुम्बिनीका बौद्घ स्तुपाहरु लिएर गयो । बाटैमा शान्ति द्वीप पर्दो रहेछ । निरन्तर बलिरहने सो द्वीपसँग फोटो खिचाउँदै हामी अगाडी बढ्यौँ । निकै नै सुन्दर देखिने राष्ट्रिय एवं अन्तरराष्ट्रिय गुम्बाहरुको अवलोकन गर्ने क्रममा गौतमी भिक्षुणी महाबिहार, चिनिँया, जर्मन, बर्मेली, थाइ, श्रीलंकाली गुम्बाहरु पालै पालो गयौँ । केही अरु गुम्बाहरुको निर्माण कार्य भइरहेकोले त्यस भित्र भने पस्न पाएनौँ ।

892 Royal thai bihar
र् जर्मन द ग्रेट लोटस गुम्बा मैले घुमेका गुम्बाहरुमा सबै भन्दा सुन्दर पाएँ । त्यसैले मैले मेरो क्याम्राको धेरै मेमोरी यसै गुम्बामा खर्चिएँ । मुख्य मन्दिरको वरिपरि बुद्घसँग सम्बन्धित मर्ुर्तीहरु थिए । तिनीहरुलाई देख्दा प्रत्यक मूर्तीहरुले बुद्घको जन्म देखि मृत्युसम्मको कथा बोलिरहेको जस्तो लाग्थ्यो ।

816German monastry
त्यसपछि मायादेवीको मन्दिर तिर लागियो । अरु अन्तरराष्ट्रिय गुम्बाहरु भन्दा त्यति सुन्दर नभए पनि यसको आफ्नै महत्व थियो । किन भने बुद्घको जन्म त्यहीँ भएको मानिन्छ । बौद्घ धर्मावलम्वीहरु त्यहाँ भित्र रहेको जन्म शिला हर्ेन भनेर टाढा-टाढाबाट आउँदा रहेछन् ।

866 near mayadevi temple
सबै गुम्बाहरु घुमिसक्दा ५ बजिसकेको थियो । म पक्लिहवा र्फकँन ठिक्क परिसकेको थिएँ । मेरो आँखा टाढाको सेतो गुम्बामा ठोक्किन पुग्यो । ति भाइले त मलाई त्यहाँ लानै बिर्सर्ेे् । ढिला हुनै लागेकोले त्यहाँ जाउँ कि नजाउँ भनेर म त दोधारमा परेँ । अब फेरी कहिले आउने कहिले जस्तो लागेर म त्यस सेतो स्तुपामा जाने नै निर्ण्र्ाागरेँ ।
त्यहाँ पुग्दा थाह भयो त्यसलाई विश्व शान्ति स्तुपा भनिँदो रहेछ । मलाई लाग्यो म त्यहाँ नपुगेको भए पछुताउथेँ नै होला । विभिन्न कोणबाट फोटो लिएर म पक्लिहवा र्फकन तयार भएँ । साँझ झमक्कै पर्न लागिसकेको थियो । गाडी पाइएला जस्तो लागेन । नजिकै पार्किङ् गरिराखेको जिपको चालकलाई भैरहवासम्म पुर्याइदिन आग्रह गरेँ । सुरुमा आनाकानी गरे पनि मलाई भैरहवासम्म लिफ्ट दिन ऊ तयार भयो ।

920hitch hiking
त्यसपछि सामान राख्न प्रयोग हुने, छानो नभएको जिपको पछाडीको भागमा बसेर म भैरहवा फर्किएँ । होस्टल पुग्दा निकै ढिलो भइसकेको थियो । त्यसैले खानाले मलाई पर्खिने कुरै भएन । कहिलै मन नपर्ने चाउचाउको भरमा मैले त्यस रात गुजार्नु पर्यो । तेश्रो दिन
बिहान एट्लास हेर्दै योजना बनाउन थालेँ । अबको गन्तव्य पाल्पालाई बनाएर जेटिसँग मैले विदा माग्नु थियो । विगत दुइ दिनको सहयोगको लागि हार्दिकता व्यक्त गर्दै म विदा भएँ । मलाई थाह थियो, त्यसपछिका रातहरु त्यति सस्तो र सजिलो हुने छैनन् भनेर ।
त्यस पछि नगरबसमा चढेर म बुटवल फर्किएँ । बुटवलमा अस्ति हिलपार्क जान भ्याइएको थिएन । र अहिले त्यो मौका खेर फाल्न मैले चाहिन । मेरो हिलपार्कको यात्रा पनि कम अविस्मरणीय थिएन । हिलपार्क जाने बाटोको बारेमा सामान्य क्लु पाएपछि म अघि बढेँ । नामै हिलपार्क, पक्कै पनि डाँडाको टुप्पामा अवस्थित होला भनेर ढुङ्गा छापिएको खुड्कीलाहरु उक्लिँदै उकालो लागेँ । चिहान घारीहरु छिचोल्दै जङ्गलको बाटो हिड्दै गएँ । निकै नै माथि पुगिसक्दा पनि अझै हिलपार्क आउने छाँटकाँट नदेखेपछि मैले एक दिदीलाई हिलपार्क जाने बाटो सोधेँ । अचम्म मान्दै उनले भनिन् , "तपाईँ कहाँबाट आउनु भा' हो र - यो त ग्रिन पार्क हो । हिलपर्क त तलै छ नि ।"
मसँग लुरु लुरु आएको बाटो र्फकनुको विकल्प थिएन । र्फकँदा त टाढैबाट बच्चाहरुलाई खेल्न बनाइएको पिङ तथा चिप्लेटी भएको ठाउँ देखेँ । त्यो नै मैले निकै बेर अघि देखि खोजेको हिलपार्क रहेछ । खास गरि बच्चाहरुलाई भुल्याउने राम्रै्र ठाउँ रहेछ हिलपार्क । बास्तबममा, म अघि पछाडीको बाटोबाट आएकोले अलमल्लिएको रहेछु । मेनगेट देखेपछि अगाडी कै बाटोबाट बाहिर निस्किएँ ।

928 Finally at hillpark
त्यसपछि अरु अलमल गर्ने मन भएन । सरासर पाल्पा जाने गाडी चढेँ । बसमा कन्डक्टरले मेरो गाइडको काम गर्यो । म सोध्दै जान्थेँ । ऊ चिनाउँदै जान्थ्योे । "यो तिनउm नदी हो । ऊ त्यो ठुलो ढुङ्गो हर्ेर्नुस् त । अस्तिन त्यही ढुङ्गोले किचेर मान्छे मरेको थियो ।" मैले पर्यटकले झैँ भित्रैबाट फोटो लिएँ ।
पाल्पाको तानसेन बसपार्कमा ओर्लिए पछि मैले प्रदिपलाई फोन गरेँ । मेरो यो कल उसको लागि तेश्रो कि चौथो थियो । उसलाई पनि दिक्क लागिसकेको थियो कि क्यारे, झपार्दै मलाई लिन आउन नसक्ने कुरा बतायो । त्यसपछि जीवनमा पहिलो पटक लजमा सुत्ने भइयो ।
चौथो दिन
रातभरि अर्को कोठाबाट कस्तो कस्तो आवाज आइरहेको थियो । लजमा यस्तै हुन्छ होला भनेर सोच्दा सोच्दै विहान भएछ । बिहान सबेरै चिया पनि नखाई मैले लज छोडेर आफ्नो गन्तव्य खोज्नतिर लागेँ । पाल्पामा घुम्ने ठाउँको बारेमा त खासै केही जानकारी थिएन । तर श्रीनगर डाँडा र रानीमहलको नाम धेरै सुनेको थिएँ । श्रीनगर जाने बाटो खोज्दै जाने क्रममा एउटा विशाल ढोका देखियो ।

951Beatiful Tansen
निकै नै पुरानो त्यो ढोकालाई बग्गीढोका भनिँदो रहेछ । यत्रो ढोका देखेपछि भित्र पक्कै पनि ठुलै दरबार होला भन्ने ठानेको थिएँ । तर मेरो अनुमानको बिपरित, त्यहाँ त ठूलो चौर र दायाँबायाँ घरहरु थिए । ति घरहरुमा विभिन्न सस्थाहरुको कार्यालय देखिन्थे । ढोकाबाट छिर्ने बित्तिकै एउटा अग्लो स्तम्भ देखिन्थ्यो । त्यसलाई खड्ग स्तम्भ भनिँदो रहेछ । उहिले उहिले विजयको प्रतिकको रुपमा लिइने सो स्तम्भ खड्ग शम्शेरले बनाउन लगाएका रहेछन् । बग्गीढोकाको अगाडि भने एउटा पुरानो ढाँचाको घर थियो जसलाई शितलपटि भनिँदो रहेछ ।
त्यसपछि म सोझै श्रीनगर तिर हानिएँ । सर्ुयाेदय भइसकेको थिएन, त्यसैले सुर्योदय भेट्टाउने आशाका साथ छिटो छिटो पाइला सार्दैथिएँ । तर दर्ुभाग्यको कुरा म श्रीनगर पुग्नु भन्दा अगाडी नै सुर्योदय भइदियो र मैले बाटैबाट हेरेर चित्त बुझाउनु पर्यो ।
श्रीनगरको सल्लाघारीमा एकछिन समय बिताए पछि म लागेँ रानीमहल तिर । कालीगण्डकीको किनारमा अवस्थित रानीमहल पाल्पाका तत्कालिन शासक खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको मृत्युको सम्झनामा बनाएकाले यसलाई त नेपालको ताजमहल पनि भनिन्छ भनेको सुनेको थिएँ । दिमागमा यहि एउटा कुरोले रानीमहल जसरी पनि जान्छु भन्ने लागेको थियो । यसको लागि जति पनि हिड्न म तयार थिएँ । ओरालै ओरालो बाटो हिड्दै गएँ । बाटोमा जो भेटेपनि रानीमहल जाने बाटो सोध्थेँ । बाटो सोध्नु त केवल एउटा निहु मात्र थियो । बास्तबमा मलाई उनीहरुबाट फोटो खिचाउनु मात्र थियो । कहिले स्कुलमा पढ्ने बच्चाहरु त कहिले टुरिस्ट दम्पितीलाई फोटो खिचिदिन आग्रह गर्दै म हिड्दै गएँ । अवल र हात्तीढुङ्गालाई पछि पार्दै म करिब चार घन्टाको हिर्डाई पछि रानीघाट आईपुगेँ ।
तर जब म रानीघाट आईपुगेँ र रानीमहलको अवस्था देखेँ तब एकछिन त टोलाएको टोलाएै भएँ । मैले फोटोमा देखेको रानीमहल र मैले प्रत्यक्ष देखिरहेको रानीमहल एउटै जस्तो लागेन । रानीमहल एकदमै कुरुप अवस्थामा थियो । म रानीमहल नभएर कुनै भुत बङ्गला आएको जस्तो भान भएको थियो । त्यहाँ न कुनै गार्ड बसेको थियो न कुनै कर्मचारी नै । एक्लै प्रवेश गर्न मलाई डर लागिरहेको थियो । पछि रानीघाटबाट केहि स्कुले केटाकेटीहरुलाई लिएर म भित्र पसेँ । भित्रको स्थिति झन् डामाडोल थियो । यसका भित्ताहरु उक्किसकेका थिए । अलि अलि बचेका सेता भित्ताहरु पनि अनेक खण्डका काला अक्षरहरुले भरिएका थिए । यत्रो हिँडेर म यहि भित्ताका अक्षरहरु हर्ेन आएको हँु र जस्तो लाग्यो । यस्तो ऐतिहासिक महलको संरक्षण तिर कसैको आँखा नपुगेको देख्दा हाम्रो नीति निमार्ण्र्ाार्ा प्रति रिस पनि उठेर आयो ।

1031 RaniMahal
मन खिन्न बनाउँदै मैले त्यस दिनको खाना रानीघाटमा खाएँ । बिहानभर हिडेर रानीघाट आएको थिएँ । अघि त ओरालै ओरालो थियो, सजिलै भएको थियो । अब त उकालो लाग्न झन् गाह्रो हुने र समय पनि धेरै लाग्ने भएकोले तानसेन र्फकने आँटै आएन । त्यही बाटो र्फकनु भन्दा अर्कै बाटो खोज्दै जान ठिक लाग्यो । पछि गएर 'गएको बाटो नर्फकनु' त मेरो सिद्घान्त नै बन्न पुग्यो ।

1038 crossing kaligandaki ...I crossed the jholunge pul over Kaligandaki and reached Syanja where I never imagined of going. ...
बैकल्पिक बाटो खोज्दै कालीगण्डकी पुल तरेर म त सोच्दै नसोचेको ठाउँ स्याङ्जा प्रवेश गर्न पुगेछु । आधा घन्टाको उकालो पछि कच्ची मोटर बाटो फेला पर्यो । गाडी पाए चढौँला भनेर सोच्दै त्यो धुलाम्य बाटोमाथि पाइला र्सार्दै गएँ । दर्ुइ घन्टा हिँडेपछि म चोटुगा भन्ने गाउँमा आइपुगेछु । गाडी भेट्टाउन ओइगा पुग्नुपर्ने जानकारी मैले त्यहाँ पाएँ । अर्को दर्ुइ घन्टा हिँडेर म ओइगा आईपुगेँ । त्यहाँ एकछिन थकाई मार्दै मैले मेरो स्कुल एट्लास झिकेँ । नजिकको शहर त पोखरा पो पर्दोरहेछ । त्यसैले एकजना बटुवालाई पोखरा जाने गाडी कहाँबाट पाइन्छ भनेर सोधेँ । मेरो उत्तर दिनु अगाडी उनले मलाई स्याङ्जाली लवजमा सोधे, "बाबुको घर कत्ना हो -" एकछिन त उनले भनेको कुरा बुझ्नै गाह्रो भयो । पछि बुझे बुझे जस्तो गरेर "काठमाडौँ" भन्ने उत्तर दिएँ । उनले मलाई ओरालै ओरालो बिर्घर्ााुग्ने सल्लाह दिए । मैले बाटोमा जति पनि मान्छेलाई भेटेँ र बाटो सोधेँ, प्रत्यकले पहिला प्रश्न तेस्याउँथे, " घर काँ'-" अनजान मान्छेको घर सोध्ने स्याङ्जालीहरुको बानी नै हो कि जस्तो मलाई लाग्यो । सोध्दै खोज्दै म बिर्घर्ाााइपुगेँ ।

1083 believing my strong legs ... I had been walking since I woke up. I had crossed many hills during my journey. The childrens I met on the way make me forget my tiredness. ...
बिर्घर्ााट पोखरा जाने गाडी त लाग्दो रहेछ । तर त्यस दिनको अन्तिम गाडी छुटिसकेको रहेछ । मैले घरको ठेगाना बताएपछि एकजना मानिसले मिर्मी पुग्ने सल्लाह दिए । त्यहँाबाट मिर्मी ८ कि.मि. मात्र भएकोले हिडेरै जाने बिचार गरेँ । स्कुल भख्खर छुट्टी भएकाले केटाकेटीहरु घर जाने तरखर गर्दै थिए । तिनै केटाकेटीहरुसँग गफि्फदै म अर्चले हुँदै मिर्मी आइपुगेँ । बाटोमा टाढैबाट बहुचर्चित कालीगण्डकी जलबिद्युत आयोजनाको बाँधको अवलोकन गर्न पाइयो ।
पाल्पाको रानीघाटबाट लगातार ५ घन्टा हिँडेर स्याङ्जको मिर्मी आइपुग्दा म निकै थकित थिएँ । त्यस दिन मैले धेरै डाँडाहरु छिचलेको थिएँ । तानसेनबाट मिर्मीसम्मको यात्र मैले हिँडेरै तय गरेको थिएँ । म यति थकित थिएँ कि त्यहाँबाट अगाडी बढ्ने शक्ति मसँग थिएन । त्यसैले त्यस रात मिर्मीमा नै बिश्राम गर्ने बिचार गर्दै बासको बन्दोबस्त गर्न मिर्मी बजारतिर भौतारिएँ ।
पाँचौँ दिन
बिहान उठ्दा खुट्टाहरु अलि अलि दुखिरहेका थिए । तर यात्रामा हिडेको मान्छे त्यसरी एउटै ठाउँमा बस्नु उचित नहुने ठानेर बिहान सबेरै गन्तव्यको खोजिमा हिँडिहालेँ । मैले अघिल्लो दिन देखेको कालीगण्डकी ड्याम नजिकै भएकोले सिधै हानिँए म त ड्याम तिर । हल्का कुहिरो लागेको त्यस बिहान जाडो अति नै थियो । कालीगण्डकी र आँधीखोलाबाट आएको चिसो बतासले गर्दा त झन् म लुग लुग कापिरहेको थिएँ । तर कालीगण्डकी ड्यामको सेरोफेरोले मलाई त्यो जाडो बिर्सर्ााे चेष्टा गरिरहेको थियो ।

1149 at Kaligandakidam
कालीगण्डकी ड्याम मेरा लागि अद्भुत थियो । हामीलाई एउटा कुलोको पानी पट्याउन कमिलालाई कुन्नी के को पहिरो भने जस्तो हुन्छ , यत्रा दर्ुइटा नदीलाई कसरी छेक्न सकेका होलान् भन्ने जिज्ञासा मेरो मनमा जाग्यो । नदी नै सुकाइदिने यस्ता संरचनाहरुको बारेमा बुझ्ने इच्छा भए पनि भित्रै जाने अनुमती भने मैले पाइँन । तर पनि बाहिरैबाट जति देख्न सक्थेँ त्यति नै संरचनाहरुलाई मैले मेरो क्यामरामा कैद गरेँ । मानव बास्तबमा नै र्सवश्रेष्ठ प्राणी हो जसले यस्ता भिमकाय नदिलाई पनि सजिलै नियन्त्रण गर्न सक्ने क्षमता राख्छ भन्ने कुरा मनमा खेलाउँदै म फर्किएँ ।

1153 another change creator, Ek Narayan Pandey
पोखरा जाने गाडी भेट्टाउन गल्याङ पुग्नु पर्ने रहेछ । गल्याङसम्म गाडी लाग्ने भएकाले म गाडी पर्खिरहेको थिएँ । अचानक मेरो परिचय एकजना स्याङ्जाली दाजु एकनारायण पाण्डेसँग भयो । उहाँले पनि सुरु मै सोध्नु भएको थियो, "घर काँ'-" मैले आफु काठमाडौको भएको र घुमफिर गर्ने क्रममा स्याङ्जा आइपुगेको कुरा बताएँ । तानसेन देखि हिड्दै मिर्मी आईपुगेको कुरा प्रति अचम्म मान्दै उहाँले भन्नु भयो, "तपाई यस्तो हिड्न रुचाउने मान्छे हुनुहुँदो रहेछ । तपाईँ यहाँ आइ सकेपछि त्यहि पर सेदिमुनी किन जानु हुँदैन - त्यहाँ तपाईँले निकै रमाइलो अनुभुति गर्न पाउनुहुन्छ ।" स्याङ्जाली न पर्नु भयो, उहाँको गफमा म त लठ्ठ परेछु । पोखरा जान ठिक्क परेको म, एकपटक सेदीमुनी नपुगि नहुने ठाउँ रहेछ भनेर सेदीमुनी जान तयार भएँ । कालीगण्डकीमा मात्र चल्ने नेपालको एक मात्र स्टिमर -मोटरबोट)को अनुभव पनि गर्न पाइने भएकोले म झन् हौसिएको थिएँ ।

1179 the only steamer ....I sailed on the only steamer of Nepal on the Kaligandaki river. ...
बिहानको खाना त्यतै खाएर मेरो स्टिमरको यात्रा सुरु भयो । निकै नै रोमाञ्चक क्षण थियो त्यो मेरा लागि । सामान टन्न लोड गरेकाले केहि अप्रिय भई हाल्छ कि भन्ने डर मनमा थियो । एउटा ठाउँमा त टाइटानिककै झल्को पनि आएको थियो, जब एउटा ढिस्को नजिकिँदा चालकले हतास भएर डुङ्गाको अर्को छेउमा जान केहि यात्रुलाई अह्राएका थिए । बास्तबमा, पानीको गहिर्राई कम भई बगर आउन थालेकाले स्टिमरको दुवै भागलाई ब्यालेन्समा ल्याउन उनले त्यसो गरेका रहेछन् । कालीगण्डकी माथिको झण्डै आधीघन्टाको यात्रा पछि सेदीमुनी आइयो ।
सेदी धार्मिक तथा भौगोलिक महत्व बोकेको ठाउँ रहेछ । धार्मिक महत्व यस अर्थमा कि त्यहाँ एउटा विशाल शिला अवस्थित छ जसलाई कालीगण्डकीको किनारमा मात्र पाईने शाल्रि्रामको बिराट स्वरुपका रुपमा लिइन्छ । माघे सङ्क्रान्तीको बेला त्यो शिला छुन मात्रै ठुलै र्घर्ुइँचो लाग्छ रे । अनि भौगोलिक महत्व यस अर्थमा कि त्यो शिलाले तीन जिल्ला ः पर्वत, गुल्मी र स्याङ्जालाई मात्र नछुट्याएर पुरै तीनवटा अञ्चल ः धौलागिरी, लुम्बिनी र गण्डकी अञ्चललाई नै छुट्याउदो रहेछ ।

01189 SEDIMUNI The hill seen at the right lies in Parbat, the left in Gulmi and the picture is taken from Syanja.
त्यस पछि मलाई पर्वत हुँदै पोखरा जाउँ कि जस्तो लागेको थियो तर एकनारायणजीले भनेकै जस्तो अकलादेवी जाने निर्ण्र्ाागरेँ । कालीगण्डकीलाई पछाडी छोड्दै पिदी खोलाको किनारै किनार अघि बढेँ अकलादेवीको खोजीमा । भन्न त एक-डेढ घन्टामा अकलादेवी पुगिन्छ भनेका थिए तर जति अगाडी गएर अकलादेवी पुग्ने बाटो र समय सोध्थेँ, त्यति नै धेरै समयलाग्ने कुरा बताउँथे । एकजना ठिटाले ओकलीहाले, "तपाईँ अकलादेवी हर्ेन भनेर त्यति टाढाबाट आउनु भएछ । हाम्रो लागि त त्यो एउटो ढुङ्गो न हो । नजिकको तिर्थ हेला भन्या यहि होला । जाँदै गर्नुुस्, दर्ुइ घन्टामा पुग्नुहुन्छ ।" ति ठिटाको कुरो सुन्दा फर्किउँ कि जस्तो पो लाग्यो । तर निकै नै हिँडिसकेकोले अगाडी बढ्न नै उचित हुने ठहर गरेँ । हिड्दा हिड्दा यो जाडोमा पनि चिट्चिट् पसिना आइरहेको थियो । यसो सोचेँ, "ननुहाएको पनि धेरै भा'छ । यहि पिदी खोलामा डुबुल्की मार्नुपर्यो ।" अनि झ्याम्म हामफालेर एकछिन पौडि खेलियो ।

1212 through dense jungle
करिब दर्ुइ घन्टा पिदी खोलाको किनारै किनार हिँडेपछि उकालो लाग्नु पर्दोरहेछ । अलिकति उकालो लागेको त घना जङ्गल पो सुरु भयो । यस्तो बेला साथी भएको भए पनि हुन्थ्यो जस्तो लाग्दोरहेछ । तर एक्लै यात्रा गर्न हिम्मत गर्ने मान्छेले यस्तो सोच्नु बेकार थियो । जति माथि गयो जङ्गल त्यति नै घना हँुदै गयो । अनि मेरो बाटो चाहिँ मलाई भनिएको अकलादेवीको दिशा भन्दा विपरित दिशा तिर जाँदै थियो । म त हराएँ कि जस्तो पनि लाग्यो । तर पनि अघि बढ्दै गइरहेँ, अकलादेवी नपुगिए पनि नेपालकै कुनै ठाउँमा त पुगिएला नि भनेर । जति अगाडी जान्थेँ, जङ्गल त्यती नै घना हुन थाले पछि मुटु दह्रो गरेर एउटा लौरो समातेँ अनि बाघसँग मुकाविला गर्न परे पनि गर्छर्ुुनेर आफुलाई ढाडस दिएँ । करिब एक घन्टाको जङ्गलको यात्रा पछि बल्ल मैले एउटा मनुष्य भेटेँ । ति मानिस देख्दा ज्यादै नै खुसि लाग्यो । धेरै दिन देखि हराएको प्राणीले दिशा पाएको जस्तो अनुभुति भयो त्यस बेला । भोक र तिर्खा अति नै लागेकोले तिनीसँग केही खानेकुरा छ कि भनेर सोधेँ । तिनले अकलादेवी आउनै लागेको र पसल पनि नजिकै रहेको कुरा बताए । तिनलाई धन्यवाद दिएर खुसी हुँदै अगाडी बढेँ । अलिकता हिडेपछि साच्ची नै एउटा पसल आयो । अति नै भोक लागेकोले विस्कुट किनेँ र पानीसँगै मीठो मानेर खाएँ । त्यस पछि अलिकता सास आयो अनि अकलादेवीको यात्रालाई निरन्तरता दिएँ ।

1225 finally, got a hope
अकलादेवी पुग्दा म त आकाशबाट खसे जस्तो भएँ । त्यत्रो हिर्डइको क्रममा मैले मेरो दिमागमा अकलादेवीको सुन्दर चित्र बनाएको थिएँ । जब मन्दिरको नाममा केही ढुङ्गाहरु देखेँ, मलाई दिक्क लागेर आयो । त्यत्रो हिडेर कत्ति न म तिर्थयात्रामा आएको जस्तो लाग्यो । के मैले त्यस्तो कष्टका साथ त्यही ढुङ्गाहरु हर्ेन हिडेको थिएँ त । बरु पर्वत तिर गएको भए हुन्थ्यो जस्तो पनि लाग्यो । ठिकै छ आईहालियो यि नै ढुङ्गाहरुलाई राम्रैसँग हर्ेर्नु पर्यो भनेर नियाल्न थालेँ । तर ति ढुङ्गाहरु सच्चै नै अलौकिक थिए । त्यहाँ एउटा अनौठो शिला थियो । र त्यस भित्र पनि अर्को सानो शिला प्रस्टै देखिन्थ्यो । मानिसहरुले यसलाई बच्चा बोकेको ढुङ्गा भनेर पुज्दा रहेछन् । प्रसुतीसँग सम्बन्धीत समस्या भएमा मानिसहरु अकलादेवी भाक्दा रहेछन् ।
त्यसपछि म मन्दिर कै छेउमा बसेर एट्लास हर्ेन थालेँ । वालिङ नजिकै पर्ने देखे पछि वालिङ जाने बाटो सोध्दै अघि बढेँ । बाटो खोज्दै जाने क्रममा म त एउटा सुन्दर गाउँमा आईपुगेछु । त्यस गाउँलाई घुरुङ्खा भनिदो रहेछ । अझै अगाडी बढेको त अन्नपर्ुण्ा हिमश्रृङ्खलाको मनोरम दृश्य देखा पर्यो । ठ्याक्कै माछाको पुच्छर जस्तो देखेपछि माछापुच्छ्रे हिमाल चिन्न मलाई गाह्रो भएन । यस्तो त पोखराबाट पनि देख्न सकिँदैन भन्ने लाग्यो । थाहै नपाई म त राम्रै ठाउँमा आईपुगेछु । मेरो अकलादेवीको यात्रा बल्ल र्सार्थक भयो भन्ने लाग्यो । पछि थाह पाएँ सिर्सर्ेेेट गाविसमा पर्ने घुरुङ्खा र मैदान पर्यटन बोर्डले ग्रामिण पर्यटनको लागि उत्तम ठहर गरेका गाउँहरु रहेछन् ।

1244 Ghurunkha
चार बजिसकेको थियो । मेरो बासको टुङ्गो अझै लागिसकेको थिएन । वालिङ जाने बाटो सोध्ने क्रममा मेरो भेट एकजना ट्याक्टर चालकसँग हुन पुग्यो । मेरो यात्राको कथा सुनेपछि उनले मलाई बायाँटारीसम्म पुर्याइदिने बाचा गरे । त्यसपछि सुरु भयो मेरो ट्याक्टरको यात्रा ।

1258 tractor riding
भक्खर मात्र बनाइएको जस्तो लाग्ने कच्ची बाटोको ट्याक्टर यात्रा पनि कम रोमाञ्चक थिएन । ति चालक दाजुलाई त बानी परिसकेको थियो होला तर कति ठाउँमा मैले डरले आँखा चिम्लनु पर्यो । बाटोमा गुरुङ्नी दिदीहरुसँग छिल्लिएका कुरा गर्दै तिनले मलाई बायाटारी ल्याईदिए । म विदा माग्न खोज्दै थिएँ तर उनले त्यस दिन आफैसँग बस्न प्रस्ताव राखे । मेरो लागि त के खोज्छस् कानो, अँाखो भने जस्तै भयो । बास कता खोज्ने होला भनेर पिर परिरहेको बेला उनको त्यो शरणलाई मैले सहर्षस्विकार गरेँ । त्यो रात ति चालक मित्रसँगै मेरो रात बित्यो ।
छैठौँ दिन
मेरो ट्राउजरले मलाई न्यानो दिन छोडिसकेको थियो । मैले ट्राउजर फर्ेर्नुको बिकल्प थिएन । झोलाबाट अर्को ट्राउजर झिकेर फेरेँ । अनि तल ओर्लिएँ । मेरो लागि चिया तयार थियो । चिया खाएर ति ट्याक्टर चालक मित्रसँग विदा मागेँ । अबको मेरो गन्तव्य दर्ुइ दिन अघि नै पुगिसक्नु पर्ने पोखरा थियो । हाईवेको बाटोमा पोखरा जाने गाडी जति पनि पाइन्थ्यो । तर केही क्षणको हिर्डाईपछि एउटा सानो भ्यानले मेरो इशारामा रोक्यो । त्यसपछि म सोझै पोखरा हानिएँ ।

1312 at Paradising Pokhara
पोखराको मेरो यात्रा यो तेस्रो पटकको थियो । यस अघि साहित्यिक कार्यक्रममा बुबासँग र फरेस्ट्री क्याम्पसमा इन्ट्रान्स दिन साथीसँग गरी दर्ुइ पटक आइसकेको थिएँ । धेरै जसा ठाउँहरु मैले घुमिसकेको थिएँ । त्यसैले पोखरा जाने मेरो उद्देश्य घुम्ने नभई लम्जुङ जाने गाडी समात्नु थियो । तर जब बाटोमा मैले माछापुच्छ्रे हिमाललाई त्यति नजिकबाट अति नै सुन्दर अवस्थामा देखेँ तब मैले आफ्नो निर्ण्र्ााा फेरबदल गर्नु पर्यो । पोखराका अधिकाङ्स ठाउँहरु घुमे पनि विश्व शान्ति स्तुप भने गएको थिईन । र संयोगबस मेरो गाडी त्यो स्तुप भएको डाँडाको फेदबाटै गइरहेको थियो । मेले गुरुजीलाई त्यो स्तुप जाने बाटोमा गएर रोकिदिन आग्रह गरेँ ।
गाडीबाटै ओर्लिएर ति गुरुजीले मलाई स्तुप जाने बाटो बताइदिए । उनले दिएको निर्देशन बमोजिम नै म अगाडी बढेँ । बाटोमा भारतिय पर्यटकहरु भेटिए । उनीहरु पनि स्तुप नै जान लागेका रहेछन् । मलाई अलि अलि टुटेफुटेको हिन्दी आउने भए पनि मैले अङ्ग्रेजील्ााई नै आफ्नो सर्म्पर्क भाषा बनाएँ । तिनीहरुसँगको मेरो भेटले स्तुपसम्म पुग्ने समय अलिकता बढाइदियो । म आधी घन्टामा स्तुप पुगुँला जस्तो लागेको थियो । तर तिनीहरुसँग गफिँदै स्तुप पुग्दा एक घन्टा भन्दा बढि समय लाग्यो
स्तुप पुग्दा ११ बजिसकेको थियो । मेरो पेटमा विहानको चिया बाहेक अरु केहि परेको थिएन । तर आर्श्चर्यको कुरा म त माछापुच्छ्रे हिमाल हेरेर नै अघाइ रहेको थिएँ । विश्व शान्ति स्तुपको परिसरमा केही फोटोहरु खिचेर र्फकने सुर कसेँ । गएको बाटो नर्फकने मेरो सिद्धान्त नै बनिसकेको थियो । त्यसैले अघि आएकै बाटो र्फकनु भन्दा एक घन्टाको जङ्गल यात्रा गरी ड्यामसाइड पुग्न नै ठिक लाग्यो ।

1319 expecting the unexpected at Fish tail lodge.
अरु बेला निकै चहलपहल भए पनि त्यस दिन जङ्गलमा कसैको आवत जावत थिएन । त्यसैले कुनै मान्छेसँग बाटो सोध्न पनि पाइएन । मैले त हिँड्दा हिड्दै बाटो विराएछु । ड्याम साइड हिडेको म त कुन चाहिँ होटलको पछाडी पो आइपुगेछु । जङ्गलमा हराएको कुुरा बताए पछि मलाई काँडे तार नाघ्ने अनुमती दिइयो । अगाडी फेवा ताल पछाडी जङ्गल भएको त्यो होटलबाट अति नै मनोरम दृश्यहरु देख्न पाइयो । बाटो बिराएरै भए पनि म त राम्रै ठाउँमा पो आइपुगेछु । त्यस होटललाई फिसटेल लज भनिँदो रहेछ । पर्यटकहरुका लागि राम्रै मानिँदो रहेछ सो होटेल । होटलतिर एकछिन अल्मलिएपछि म बाहिर निस्किन खोज्दै थिएँ । पाहुनाहरुलाई आवतजावत गर्न छुट्टै डुङ्गाको व्यवस्था गरिएको रहेछ । सोहि डुङ्गामा चढेर मैले फेवा ताल तरेँ ।
पर्समा केही सय रुपैयाँ मात्र बाँकी थिए । त्यस दिन म पोखरामा नै बस्नु पर्यो भने मसँग क्याम्पस फर्किने पैसा पनि बाँकी रहँदैन भन्ने कुरा राम्रोसँग थाह थियो । त्यसैले कुनै ढिला नगरी मैले लम्जुङ जाने गाडी समातेँ लखनचोकबाट । म अघिल्लो पटक आउँदा त्यो ठाउँमा पृथ्वी नारायण शाहको सालिक थियो र त्यस चोकलाई पृथ्वी चोक भनिन्थ्यो । तर अहिले गणतन्त्र आएपछि राजा रजौटाको सालिक ढालिने क्रममा यो पनि ढलेछ । अहिले लखन थापाको सालिक सोहि ठाउँमा स्थापना गरेर चोकलाई लखनचोक नामाकरण गरिए पनि जनज्रि्रोमा अझै पनि पृथ्वीचोक नै झुण्डिएको छ ।

1327at lamjung
लम्जुङको सुन्दर बजारमा हाम्रो क्याम्पस मातहतको अर्को क्याम्पस थियो । त्यहाँ मलाई चिन्ने केही साथीहरु थिए । फोन गरेर म आउँदै गरेको जानकारी दिएको थिएँ । लम्जुङ क्याम्पस पुग्दा झमक्कै साँझ परिसकेको थियो । साथी कृष्ण मेरो आगमनको प्रतिक्षामा थिए । निकै हार्दिकताका साथ उनले मलाई स्वागत गरे र सिधै उनले खाना खाने गरेको ठाउँमा लगे । अति नै अबेर भइसकेकोले होला थप खाना माग्दा साउनी दिदी अन्कनाएकी थिइन् । कुरो आफै बुझेर म उठिहालेँ । तर उठ्ने बेलामा ति दिदी सोध्न भने बिर्सिनन् , "बाबुलाई खाना त पुग्यो हैन ?"
साताँै दिन
बिहानै कृष्णले मलाई क्याम्पस घुमाउन लग्यो । बिहानको कक्षा भए पनि उनले कक्षा हापेर नै मलाई घुमाई रहेको थियो । अखिल क्रान्तिकारीका केन्द्रिय महासचिव हिमाल शर्माद्वारा हालसालै उद्घाटित सहिद मुकुन्द पार्कमा बसेर हामी केही क्षेण गफियौँ । क्याम्पसका जल्दबल्दा इज्स्युहरुमा गफ गर्दा गर्दै ९ बजेछ ।
खाना खाएर मैले कृष्णसँग विदा मागेँ र घलेगाउँलाई त्यसपछिको अर्को गन्तब्य बनाएँ । हुन त कृष्णले मलाई एक्लै घलेगाउँ नजान सल्लाह दिएका थिए । तर यत्रो यात्रा त एक्लै गरियो, घलेगाउँ पनि एक्लै जान मलाई के को आइतबार होला र ! भन्ने सोच्दै जाने नै निर्ण्र्ाागरेँ । मैले खल्तीबाट पर्स झिकेर हेरेँ । मसँग ठ्याक्क चार सय पचास रुपैयाँ मात्र थियो । तर घलेगाउँ पुग्ने मेरो अखण्ड चहानालाई यसले रोक्न सकेको थिएन । त्यसैले पैसा जोगाउने उद्देश्यले सुन्दरबजारबाट हिड्दै घलेगाउँ जाने टुङ्गोमा म पुगेँ । जब कि सुन्दरबजारबाट बेसिशहर मात्र नै १५ कि.मि. पर्छ भन्ने मलाई राम्रैसँग थाह थियो ।

1354 toward Ghalegau
मेरो हिर्डाईले पनि आफ्नै महत्व बोक्यो जब बाटोमा मैले मेरो पर्ढाईमा काम लाग्ने कृषिसँग सम्बन्धित केही दृश्यहरुलाई मेरो क्यामरामा कैद गर्न सकेँ । कफी खेतिका बारेमा राम्रै अध्ययन -किताबमा मात्र) गरेको भए पनि मैले कफी प्रसोधन त्यस बेलासम्म देखेको थिइन । त्यसैले कफी प्रशोधन त्यसरी प्रत्यक्ष देख्न पाउनु मेरोलागि अवसर कै कुरो थियो । अलि पर व्याउन लागेको बाख्रीलाई पनि सुक्ष्म ढङ्गले नियाल्न पाएँ । भेडाको ऊनबाट धागो बनाएको पनि मैले मेरो हिडाइ कै क्रममा देखेँ । यि यस्तै कुराहरुले गर्दा मेरो त्यस दिनको यात्रा वास्तवमै शैक्षिक भ्रमण जस्तो हुन पुग्यो ।
बाटोमा मैले लिफ्ट माग्ने प्रयास नगरेको होइन । सबैको कहाँ ठुलो हृदय हुन्थ्यो र ! कसले मलाई यति सजिलै सित्तैमा बेशिशहरसम्म लगिदिन्थे र ! तर मेरो भाग्य खुल्यो जब मरो भेट काठमाडौकै चावेल निवसी सुरेस कुमार श्रेष्ठसँग भयो । मेरो हातको इशारामा उहाँले गाडी रोक्नु भयो र अलिक अगाडीसम्म पुर्याइदिन राजी हुनु भयो । उहाँलाई मैले आफ्नो परिचय दिएँ । अनि मैले मेरो यात्राको कथा पनि छोटकरीमा सुनाएँ । एक्लै यात्रा गर्ने क्रममा अब घलेगाउँ जान लागेको तर खर्च भने धेरै नभएको कुरा मैले निसञ्कोच बताएँ ।

1360 another hitch hike
उहाँले मलाई बेशिशहर नै त पुर्याइदिनु भएन तर अलिक ओरै मध्य मर्स्याङदी जल विद्युत आयोजनासम्म पुर्याइदिनु भयो । मैले उहाँलाई त्यहाँसम्मको सहयोगको लागि आभर व्यक्त गर्दै गाडीबाट ओर्लन मात्र खोज्दै थिएँ , उहाँले त केही रकम पो दिन खोज्नु भयो । म त अक्क न बक्क परेँ । सत्य ! बाटोभरि मैले मेरो यात्राको कथा उहाँले पैसा दिनु होला है भनेर सुनाएको भने थिइन । मलाई त्यो पैसा लिउँ कि नलिउँ भयो ।धेरै कर गर्नु भएपछि मैले उहाँको त्यो सहयोग स्विकार गरेँ । तर म आफुले गरेको काम प्रति सन्तुष्ट भने थिइन । उहाँलाई धन्यवाद दिएर म बेशिशहर जाने बसमा त चढेँ । तर बाटैभरि मेरो मनमस्तिष्क भने तनावमा रहृयो । पहिलो पटक मैले आफैले आफुलाई एउटा मगन्तेको रुपमा पाइराखेको थिएँ । " म केका लागि यसरी घुमिराखेको छु - के औचित्य छ मेरो हिडाइको - के मेरो हैशियत यति तल झरिसकेको छ कि म यसरी माग्दै हिड्ने अवस्थामा आइसक्यो - आखिर मैले के पाउँछु यसरी माग्दै हिडेर -" यस्ता नकारात्मक कुराहरुले मेरो मनमा डेरा जमाउन थाल्यो । अन्तत मैले काठमाडौ स्थित मेरो घर र्फकने मनस्थिती बनाएँ ।

1363 Thank you Sunrise
बेशिशहर पुगेपछि मैले काठमाडौ जाने गाडी खोज्दै थिएँ । एक्कासी मेरो नजर सनराइज ब्याङ्कमा पुग्यो । कुनै समय बुबाले शेयरमा लगानी गर्न मेरो नाममा खाता खोल्नु भएको थियो । र सित्तैमा भएकोले मैले एटिएम निकालेको थिएँ । तर अहिलेसम्म त्यसको प्रयोग भने गरेको थिइन । संयोगवस मैले सो एटिम कार्ड आफ्नै साथमा राखेको थिएँ । मेरो खुुसिको कुनै सिमा नै थिएन त्यति बेला । यात्रा टुङ्ग्याउनै लागि सकेको बेलामा यसले मलाई ठुलै राहत दियो । अब घले गाउँ पुग्न केहिले पनि छेक्न सक्दैन भनेर म यति खुसी भएँ कि, त्यति खेरको त्यो खुसिलाई बर्ण्र्ाागर्ने कुनै शब्द नै छैन मसँग ।
एटिएम्बाट अलिकता पैसा निकालेपछि म घलेगाउँ जाने बाटो खोज्दै लम्जुङ सुचना केन्द्रमा पुगेँ । त्यहाँबाट केही जानकारी लिए पछि म घलेगाउँ जाने गाडी पर्खन थालेँ । निकै वेर पर्खेर पनि गाडी नआए पछि त्यस दिन बेशिशहरकै एउटा होटलमा रात विताउनु पर्यो ।
आठौँ दिन

1365 next day
अघिल्लो दिन कै जस्तो गाडी पर्खने मर्ुखता मैले गर्न चाहिन । झन् एकजना साथी पाएपछि मैले हिड्ने नै निर्ण्र्ाागरेँ । गफ गर्दै जाने क्रममा थाह भयो उहाँको नाम विल प्रसाद गुरुङ रहेछ र उहाँ बाग्लुङपानी स्थित एउटा स्कुलको हेडमास्टर हुनुहुँदो रहेछ ।
बाटोमा मैले केहि चाख लाग्दो कुरा देख्ने वित्तिकै फोटो लिइहाल्थेँ । बिहानको घाममा एउटा ग्रामिण घरको फोटो लिँदाको एउटा घटना मलाई सम्झना आउँछ । त्यस घरको आँगनमा एउटा फुच्चे भाइ खेलिरहेको थियो । र मैले फोटो लिएको थाह पाएपछि त्यो भाइ बुरुक्क उफ्रेर रमाउदै कराउन थाल्यो, "मेरो फोटो खिच्यो, मेरो फोटो खिच्यो ।" मलाई हिजो सनराइज ब्याङ्क देख्दा त्यति खुसि लागेको थिएन होला जति उसलाई उसको फोटो खिचेको थाह पाउँदा लाग्यो ।
तीन घन्टाको हिर्डाई पछि बाग्लुङपानी आईपुगियो । गुरुङसरको साथ त्यहिँसम्मको थियो । उहाँले मलाई उहाँको विद्यालय श्री जन ज्योति मा. वि. लिएर जानु भयो । विदेशीहरुको सहयोगमा नयाँ भवनहरु थपिए पनि पुरानो संरचना भने ज्वलन्त नै राखिएको थियो । वास्तब मै सुन्दर थियो त्यो विद्यालय ।
अर्काे तीन घन्टाको हिर्डाईपछि रापासीङ र कपुरगाउँ हुँदै घलेगाउँ आइपुगियो । अन्नपर्ुण्ा संरक्षण क्षेत्र -एक्याप) भित्र पर्ने सो घले गाउँ अति नै सुन्दर थियो । विशेष गरि अतिथि सत्कारकोलागि प्रख्यात रहेछ घलेगाउँ । पाहुनाहरुलाई बस्ने छुट्टै होटेल/लजको व्यवस्था त थिएन त्यहाँ । तर प्रत्यक घरमा पाहुना राख्ने विशेष व्यवस्था मिलाइएको हुँदो रहेछ । साथै अन्नपर्ुण्ा हिमालको मनोरम दृश्य पनि त्यहाँबाट अवलोकन गर्न सकिँदोरहेछ ।

1490Himala ko kakha ma chha sano mero GHALEGAUU
छ घन्टा हिडाइको थकाइ मैले घलेगाउँको एउटा डाँडामा गएर मारेँ । मौसम त्यति अनुकुल त थिएन तर पनि वरिपरिको वातावरणको आनन्द लिँदै एकछिन त्यही सुस्ताएँ ।
एक छिनको सुस्ताइ पछि उठ्दा पनि मौसमले खासै साथ दिएको अवस्था थिएन । बादलले पुरै हिमालहरु ढाकेको थियो । हिमाल हर्ेनकै लागि मात्र अरु समय कर्ुने मर्ुखता गर्न मैले गर्न चाहिँन । त्यसैले बरु भुजुङ जान पर्यो भनेर मैले कम्मर कसेँ ।
भुजुङ जाने मोटरबाटो बन्दै रहेछ । त्यहि बन्दै गरेको बाटो हिड्दै घनपोखरा आइयो । घनपोखरा लम्जुङ जिल्लाको सबैभन्दा अग्लो ठाउँमा अबस्थित ठाउँ रहेछ । बेलुका हुनै लागेकोले मैले त्यहाँ धेरै अलमल गर्न चाहिनँ । लगातार दर्ुइ घन्टाको हिडाइ पछि म भुजुङ आइपुगेँ । भुजुङ आइपुग्दा झमक्कै साँझ परिसकेको थियो । भुजुङमा पनि घलेगाउँमा जस्तै केही घरहरुमा पाउना राख्ने व्यवस्था थियो । त्यस्तै एउटा घरमा बास माग्न म पुगेँ ।

1439 towards Bhujung. ...
नवौ दिनविहान उज्यालो भएपछि मैले मेरो कोठाको झ्यालबाट बाहिर नियालेँ । घाम लाग्नै लागेको थियो । पहाड पछाडी लुक्न खोजेको जस्तो लाग्ने हिमालमा र्सर्ुयको प्रकाश परेपछि एकदमै मनमोहक देखिएको थियो । यस्तो दृश्य देख्न पाइने त्यो गाउँ पनि निकै सुन्दर थियो । उफि्रएरै एकबाट अर्को घरमा पुगिएला जस्तो लाग्ने घरहरुको सुन्दरतालाई म शब्दमा बर्ण्र्ाानै गर्न सक्दिन । विहान उठ्ने बित्तिकै यस्तो दृश्य देख्न पाउँदा पुरा दिन नै राम्रो होला जस्तो लाग्थ्यो । यति राम्रो ठाउँका बस्ने अरु इच्छा भए पनि क्याम्पसको विदा सकिनै लागेकोले छिट्टै र्फकनु पर्ने बाध्यता थियो ।
घरबेटी दिदीले चियासँग तरुल खान दिनु भयो । यसो सम्झेको त त्यस दिन माघेसङ्क्रान्ति पो रहेछ । आफ्नो घरमा अरु पनि परिकारहरु पाक्दै गरेको होला भनेर सोच्दै त्यही तरुल मिठो मानेर खाइयो । त्यसपछि घरबेटीसँग विदा मागेर त्यहाँबाट हिँडियो ।
भुजुङबाट पसगाउँ हुँदै थुम्सिकोट निस्केर पोखरा जान मिल्दो रहेछ । मलाई त्यहि रुट भएर जान मन थियो । तर समयको पावन्दीे मैले त्यसो गर्न सकिन । अखिर मैले आएको बाटो नर्फकने सिद्धान्तलाई तोड्नु नै पर्यो । घलेगाउँ हुँदै बेशिशहर र्फकने निर्ण्र्ाालिन मलाई निकै बेर लाग्यो ।

1470 in dillema
बाटोमा मैले दर्ुइ साना दिदी-भाइको साथ पाएँ । हरेक दिन दर्ुइ घन्टा हिडेर उनीहरु स्कुल जाँदा रहेछन् । केही क्षणको सँगै हिर्डाई पछि उनीहरुले लगाएको पन्जाले मेरो ध्यान खिच्यो । एउटा पन्जा दिदीको दाहिने हातमा थियो भने अर्को पन्जा भाइको देब्रे हातमा थियो । यसबाट अभावमा पनि दिदी-भाइको आगाध प्रेम सहजै अड्कल गर्न सकिन्थ्यो ।
घलेगाउँ पुग्दा मौसम निकै सफा थियो । हिजोको जस्तो अन्नपर्ुण्ा हिमाललाई छेक्ने कुनै बादल थिएन । यस्तो मौका म कसरी खेर फाल्न सक्थेँ र ! नजिकै बसेका एक दाजुलाई फोटो लिइदिन आग्रह गरिहालेँ । निकै बेर त्यही वातावरणमा आफुलाई हराउने मन त थियो तर बिदा सकिन दर्ुइ दिन मात्र बाँकी रहेको स्थितीलाई भने नजरअन्दाज गर्न सकिरहेको थिइनँ । अनि र्फकनु अघि बन्दिपुर पनि पस्ने इच्छा त मरेकै थिएन ।

again at Ghalegaun
म हिडेर नै बेशिशहर र्फकने विचारमा थिएँ तर अलिकता हिँडेपछि घलेगाउँको जिपको पनि आनन्द लिउँ भन्ने लाग्यो । त्यसैले आईरहेको जिपको हुटमा चढेर बेशिशहरसम्मको यात्रा गरेँ । पिच नभएकोले त्यो बाटोमा यात्रा गर्न अलि कस्टकर नै थियो । लगभग तिन घन्टाको मोटर यात्रा पछि बेशिशहर आइपुगियो ।

1512 childrens of heaven
बन्दिपुर जान पहिला डुम्रे नै पुग्नु पर्दाेरहेछ । डुम्रेसम्म अर्को बस चढेर आएँ । त्यहाँबाट बन्दिपुर सिधै गाडी लाग्दो रहेछ । करिब आधी घन्टामा नै बन्दिपुर आइपुगियो । बन्दिपुर निकै चिसो थियो । त्यहाँ मैले चिनेको मेरो कलेजको दाइ शङ्कर श्रेष्ठ हुनुहुन्थ्यो । विदामा उहाँ घरमा नै हुनुहोला भन्ने मेरो अनुमान थियो । फोन गरेर आफु बन्दिपुर आएको जानकारी दिएँ । उहाँबाट त्यति धेरै त आशा गरेको थिइन तर उहाँले मलाई आफ्नै घरमा बोलाउनु भयो । माघेसङ्क्रान्तीको मेरो त्यस रात शङ्कर दाइको घरमा नै बित्यो । धेरै दिन पछि मेरो पेटमा केही मीठो त्यही घरमा परेको थियो ।
दसौँ तथा अन्तिम दिन

1563 Bandipur bazar
बन्दिपुरलाई म आएको मन परेको थिएन कि क्या हो, म आएको दिन देखि नै हुस्सु मात्र लागिरहेको थियो । हुस्सुमा नै मैले पुरा बन्दिपुर घुम्नु पर्यो । सुरुमा तिनधारा पुगियो । तिनधारा भने पनि त्यहाँ ५ वटा धारा देख्न पाइन्थ्यो । बाँकी २ वटा धारा चाहीँ पछि थपिएको जानकारी मैले शङ्कर दाईबाट पाएँ । त्यसपछि खड्गदेवी मन्दिर गइयो । उहिले कुन चाहिँ राजाले आफ्नो अलौकिक खड्ग त्यस ठाउँमा छोडेका थिए रे । र त्यही खड्गको संरक्षण गर्न त्यहाँ मन्दिर स्थापना गरिएको किम्बदन्ती रहेछ । खड्गलाई नाङ्गो आँखाले हर्ेन नहुने भएकोले सँधै कपडाले बेरेर राखिने गरिदोँरहेछ । त्यस ठाउँमा दशैँको फुलपातीको दिन ठुलै मेला लाग्छ रे ।
त्यस पछि सहिद स्मारक बाटिका पुगियो । बाटिका त्यति ठुलो नभए पनि २००७ सालको जनक्रान्तिमा माघ १ गते बन्दिपुरमा राणा शाहीहरुको गोलीद्वारा मारिएका धर्मध्वज गुरुङ, उत्तर कुमार श्रेष्ठ, चन्द्र ब. कार्की, खड्ग ब. गोदार, सन्त ब.रानामगर, धर्मध्वज श्रेष्ठ जस्ता सहिदहरुको सम्झनामा बनाइएकोले यसको आफ्नै महत्व थियो ।
बन्दिपुरमा स्वस्थ्य बाहेक अरु केही कुराको समस्या नरहेको कुरा शङ्करदाईले मलाई बताउनु भयो । बन्दिपुर अस्पतालमा ३ जना चिकित्सकको दरवन्दी भएपनि अलिकता सिकिस्त विरामी परे कि त काठमाडौ कि त पोखरा दौडिनु पर्ने अवस्था उहाँले सम्झनु भयो । यस्तै गफहरु गर्दै टुँडिखेल आईपुगियो । बाक्लो कुहिरो लागेकोले मेरो घुमाइमा खासै रस थिएन । नत्र यहाँबाट पनि अन्नपर्ुण्ा हिमश्रृङ्खलाको मनोरम दृश्य देख्न पाइन्थ्यो रे । दर्ुइ घन्टामा नै पुरा बन्दिपुर घुमेपछि बन्दिपुर बजार स्थित शङ्कर दाइको घर फर्कियौँ ।

1568 towards siddha cave
खाना खाए पछि मैले उहाँसँग विदा मागेँ । अब सिद्घ गुफासम्म फेरी एक्लै जानु पर्थ्याे । बाटो चिप्लो भएकोले होसियारीका साथ जान उहाँले मलाई सुझाउनु भएको थियो । जति नै होसियारी गरे पनि ३-४ ठाउँमा त झन्डै लडिसकेको थिएँ । करिब १ घन्टाको चिप्लो बाटोको हिडाइपछि सिद्घ गुफा आइपुगियो । तर न त मसँग र्टच लाइट थियो न त कुनै गाइड नै । सिद्घ गुफा छिर्न मैले केही क्षण पर्खनु पर्यो ।
केहि क्षण पछि एउटा ग्रुप आयो । तिनीहरु क्याम्ब्रीज कलेज, कलङ्कीबाट शैक्षिक भ्रमणमा आएका रहेछन् । तिनै गु्रपको साथ लागेर सिद्घ गुफा छिरेँ । मैले छिरेका गुफाहरु मध्य सबैभन्दा ठुलो र अद्भुत गुफा यसैलाई पाएँ । गुफा भनेपछि साँघुरो मात्र होला भन्ने मेरो मानसिकतालाई चुनौती दिदैँ त्यो गुफा त झन्डै फुटबल खेल्न मिल्ने गरी चौँडा भएर फिजिएको थियो । गुफाको भित्तामा विभिन्न आकृतीहरु देखिन्थे । कुनै चिलको टाउका जस्ता, कुनै रुखको बोट जस्ता लाग्थे ति आकृतीहरु । हजारौँ वर्षदेखिको निरन्तर थोपा थोपा पानीको बहावबाट यस्तो आकृतीहरुको निर्माण हुने गरेको जानकारी गाइडले दिएका थिए । मैले निकै नै रमाइलो अनुभव गुफाभित्र गर्न पाएँ । आखिर बन्दिपुर आएको खेर चाहीँ गएन है भन्ने मेरो ठम्याइ थियो ।

1587 I had a great time inside the cave. ...
यसका साथै मेरो दस दिनको यात्रा टुङ्िगन लागेको थियो । सजिलै पाइने नारायाणगढको गाडी समातेँ । बाटोका आफुले दस दिन बिताएका क्षणहरु सम्भिmएँ । सुख, दुःख, हाँसो, डर, रोमाञ्च सबैको समिश्रण थिए ति । सनकको भरमा सुरु भएको मेरो यात्रा निकै नै सफल रहेको मेरो ठहर थियो । यात्रा अबधीभर मैले फेसबुकमा स्टेटस अपडेट गरिरहेको थिएँ । स्टेटसमा कमेन्ट गरेर मेरो यात्रालाई हौसला प्रदान गर्ने साथीहरुलाई धन्यवाद दिँदै मैले अन्तिम स्टेटस लेखेँ । कलेज पुग्दा मलाई विश्व विजय गरेर आएको जस्तो अनुभुती भइरहेको थियो । मेरो प्रतिक्षामा केही साथीहरु बसेका थिए । एउटा साथीले मुखै फोरेर भने, "बाँचेर आएकोमा बधाई छ है ।

1597 And this was the same place from where I stared my journey.
No comments:
Post a Comment